वि.सं:
नेपाल संवत: ११४६ पोहेलागा दशमी - २५
मधेश प्रदेश सरकारअन्तर्गत रहेको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय प्रदेशको समग्र आर्थिक विकास, औद्योगिक प्रवर्द्धन, व्यापार-वाणिज्य विस्तार तथा पर्यटन क्षेत्रको दिगो विकासका लागि जिम्मेवार प्रमुख मन्त्रालय हो। यस मन्त्रालयको केन्द्रीय कार्यालय धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधाम मा अवस्थित छ।मन्त्रालयले प्रदेशभित्र उद्योग स्थापना तथा प्रवर्द्धन, लगानीमैत्री वातावरण सिर्जना, व्यापार तथा वाणिज्य सहजीकरण, र पर्यटन पूर्वाधार विकास मार्फत रोजगारी सिर्जना र आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ। धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा ऐतिहासिक पर्यटनको प्रचुर सम्भावना रहेको मधेश प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न मन्त्रालय सक्रिय रूपमा कार्यरत छ।यस मन्त्रालयले नीति, योजना तथा कार्यक्रम निर्माण, कानुन कार्यान्वयन, निजी क्षेत्रसँग सहकार्य, सीप विकास, स्थानीय उत्पादनको बजारीकरण, तथा पर्यटन सेवाको गुणस्तर अभिवृद्धि जस्ता कार्यहरू सञ्चालन गर्दै आएको छ। साथै, घरेलु तथा साना उद्योगको संरक्षण र प्रवर्द्धन, निर्यात प्रवर्द्धन, व्यापार सहजीकरण र पर्यटन व्यवसायीहरूको क्षमता विकासमा समेत मन्त्रालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।समग्रमा, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय मधेश प्रदेशको आर्थिक रूपान्तरण, समावेशी विकास र समृद्ध प्रदेश निर्माण को अभियानमा केन्द्रिय भूमिका खेल्ने संस्थाका रूपमा क्रियाशील रहेको छ।