२०८१ फाल्गुण १ बिहिबार
info.moict@madhesh.gov.np
मधेश प्रदेश सरकार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय जनकपुरधाम, नेपाल

परिचय


मुलुकमा औद्योगिक कृयाकलापहरुलाई प्रवर्द्धन गर्न तथा व्यापार व्यवसायका लागि अनुकुल वातावरण तयार गर्ने हेतुले नेपालका तत्कालिन प्रधानमन्त्री जुद्धसमशेर जंगबहादुर राणाबाट वि.सं. 1993 सालमा उद्योग परिषद्को स्थापनाभएको थियो । सोही वर्ष नेपालमा पहिलोपटक कम्पनी सम्बन्धी कानुन र औद्योगिक व्यवसायसँग सम्बन्धित कानुन लागुभएको र वि.सं. 2038 सालमा उद्योग तथा वाणिज्य मन्त्रालयको स्थापना भएकोमा नेपालको संविधान (२०७२)ले मुलुकलाई संघ, प्रदेश र स्थानीय गरी तीन तहबाट राज्यशक्तिको प्रयोग हुने गरी शासन संचालनको व्यवस्था भएको सन्दर्भमा संघीयता कार्यान्वयनका लागि संघ र स्थानीय बीच पुलको रुपमा रहने उद्योग, वाणिज्य तथा पर्यटनसँग सम्बन्धित कार्यहरु गर्नका लागि यस क्षेत्रसँग सम्बन्धित घरेलु तथा साना उद्योग कार्यालयहरु (सप्तरी, सिराहा, धनुषा,महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा) 8 वटा जिल्लास्तरको कार्यालयहरु दरबन्दी सहित 2075 सालमा तत्कालिन उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेश, जनकपुरधामलाई लाई हस्तान्तरण भएकोमा यस अघि उद्योग, पर्यटन तथा वन मन्त्रालय, मधेश प्रदेश, जनकपुरधाम अन्तर्गत कार्य जिम्मेवारी सहित रहेकोमा मधेश प्रदेश सरकार (कार्यविभाजन) नियमावली 2079 बमोजिम यस मन्त्रालयको स्थापना भएको हो ।मधेश प्रदेशमा उद्योग तथा वाणिज्य क्षेत्रलाई सबल र सुदृढ तुल्याउँदै औद्योगिक वातावरण सिर्जना, लगानी प्रवर्द्धन,आन्तरिक तथा स्वदेशी उत्पादनलाई सहजीकरण र नियमन गर्दै उपभोक्ताको हकहित समेतलाई संरक्षण तथा प्रवर्द्धनकालागि नियमित बजार अनुगमन गरी बजार नियमन, साथै पर्यटकीय क्षेत्रको विकास तथा व्यवस्थापन सम्बन्धी नीति,कानुन, मापदण्ड र योजना निर्माण सहित पुर्वाधार विकास गर्ने उद्देश्य यस मन्त्रालयको रहेको छ ।

 

उद्देश्य


  • मधेश प्रदेश सरकार (कार्यविभाजन) नियमावली 2079 बमोजिम स्थापित यस मन्त्रालयले निम्न उद्देश्य लिएको छ :-
  • औद्योगिक व्यवसाय प्रवद्धन र नियमन गर्नु
  • औद्योगिक वस्तुको निर्यात प्रवर्द्धन तथा आयात विस्थापन, विकास र नियमन गर्नु
  • प्रदेश भित्रकाको व्यापार पूर्वाधार निर्माण, सञ्चालन, सहयोग, सहजीकरण, समन्वय र नियमन गर्नु
  • उपभोक्ताको हक अधिकार संरक्षण तथा प्रवर्द्धनका कार्यहरु गर्नु
  • कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण एवं नियमन गर्नु
  • हानिकारक पदार्थहरुको नियमन तथा व्यवस्थापन गर्नु
  • व्यापारिक फर्महरुको दर्ता, नवीकरण, खारेजी र नियमन गर्नु
  • पर्यटकीय होटल, रिसोर्ट, लज, ट्राभल एजेन्सी, धार्मिक तथा साँस्कृतिक पर्यटकीय क्षेत्रहरुको दर्ता, अनुमति,नविकरण र नियमन गर्नु
  • भौगर्भिक अध्ययन तथा अनुसन्धान र नक्शा सम्बन्धि कार्य गर्नु

लक्ष्य

औद्योगिक क्षेत्रको विकास तथा वाणिज्य क्षेत्रलाई नियमन गर्दै कृषि क्षेत्रलाई उद्योग तर्फ आकर्षित गर्न आवश्यक नीति, मापदण्ड लागू गरी स्वदेशमा रोजगारी श्रृजना गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्नुको साथै पर्यटकीय गन्तव्य स्थलहरुको संरक्षण तथा प्रवर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गरी राज्यको आर्थिक विकासमा सहयोग गर्ने ।
रणनीतिहरु:

  • औद्योगिक क्षेत्र विकासका लागि नीतिगत, कानुनी, संस्थागत तथा प्रकृयागत सुधार गर्ने ।
  • उद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रलाई अन्य क्षेत्रसँग अन्तरसम्बन्धको आधारमा समन्वय र सहकार्य गर्ने।
  • प्रतिस्पर्धि तथा तुलनात्मक लाभ भएका स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगमा सार्वजनिक, नीजितथा सहकारीको साझेदारीमा लगानी परिचालन गर्ने ।
  • लगानी मैत्री वातावरण श्रृजना गरी सोको नियमन तथा प्रवर्द्धन गरी आन्तरिक, अन्तरप्रदेश व्यापार तथा लगानीमा जोड दिने ।
  • घरेलु तथा साना उद्योगको प्रवर्द्धन तथा विकासमा स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने ।
  • पर्यटीय स्थलहरुको संरक्षण तथा प्रवर्द्धन गरी पर्यटकहरुको संख्यामा वृद्धिका लागि प्रचार प्रसार गर्ने ।
  • उपभोक्ताको हक अधिकार संरक्षण तथा प्रवर्द्धनका लागि नियमित बजार अनुगमन तथा नियमन गर्ने ।
  • प्रादेशिक धरोहर तथा सम्पदाहरुको संरक्षण तथा सभ्भार गर्ने ।
  • विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जनाको माध्यमबाट उद्योग र पर्यटन क्षेत्रको विकास गरी राज्यको
  • अर्थतन्त्रलाई समृद्धि तर्फ उन्मुख गराउने ।